५ चैत्र २०७९, आईतवार   37 पटक हेरिएको


image

काठमाण्डौं:- कोष प्रवर्द्धक कुमारी बैंक, योजना ब्यबस्थापक कुमारी क्यापिटलले चैत ९ गते देखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुल्ला गर्ने भएको छ ।

प्रति इकाई १० रुपैयाँ दरमा क्यापिटलले “कुमारी सुनौलो लगानी योजना”  नामक योजनाको कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।

जस मध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ३ करोड ५० लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।

यस म्युचुअल फन्डमा आबेदन छिटोमा  चैत १३ गते र ढिलोमा चैत २३ गते सम्म सम्म आवेदन दिन सकिने जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्ने छन । 





सम्बन्धित समाचार