PalikaExpress
१ चैत्र २०७९, बुधबार
35 पटक हेरिएको

काठमाण्डौ:- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले शेयर निष्कासन गर्न अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ । कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशनको लागि बोर्डमा फागुन २८ गते बोर्डमा निबेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रति कित्ता २७६ रुपैयाँका दरमा १ करोड २० लाख कित्ताको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।यस इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।