३० फाल्गुन २०७९, मंगलवार   40 पटक हेरिएको


image

काठमाण्डौ:- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गते बाट सर्व-साधारणको लागि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ताको ४३ करोड ६८ लाख रुपैयाँ बराबरको आईपीओका लागि छुट्याएको थियो।  

जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ। सो सेयर मध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गते सम्म आवेदन दिन सक्ने छन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।

साथै मेरो शेयरबाट पनि आबेदन दिन सक्ने जनाएको छ ।





सम्बन्धित समाचार