३० फाल्गुन २०७९, मंगलवार   36 पटक हेरिएको


image

काठमाण्डौ:- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको १७९ औ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको बोनस सेयर ८.५० प्रतिशत र नगद लाभांश ०.४४७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृती पश्चात  कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ ।





सम्बन्धित समाचार