३० फाल्गुन २०७९, मंगलवार   30 पटक हेरिएको


image

काठमाण्डौ :- सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको फागुन २९ गते बसेको बैठकले गरेको निर्णयानुसार १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सहित कम्पनीको १८ औ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा चैत्र २० गते, आभ्या क्लब घारिपाटन पोखरामा बिहान ११ बजेदेखि सुरू हुने जनाएको छ । सभाले संचालक समितीले प्रस्ताब गरेको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन , लेखापरिक्षण प्रतिवेदन ,वासलात ,नाफा नोक्सान हिसाब , नगद प्रबाह विवरण सहित अन्य वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने छ ।

चालु आर्थिक बर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन समेत गर्नेछ । 

कम्पनीको बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि  चैत्र १३ गते बुकक्लोज गर्ने भएको छ। यस कारण  चैत्र १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।





सम्बन्धित समाचार