PalikaExpress
९ फाल्गुन २०७९, मंगलवार
47 पटक हेरिएको

काठमाडौं : आज फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
ग्याल्पो ल्होसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदाय द्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घर आँगन, बाटो घाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छत लगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।