२६ कार्तिक २०७७, बुधबार   618 पटक हेरिएको


image

आज शेयर बजारले १७०० को यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से १७०७.६७ को विन्दुमा पुगेको छ ।  नेप्से परिसूचक २८.८९ अंकले बढेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३३५.६२ पुगेको छ । कूल १९५ वटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता (12,523,651) शेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको (4,099,604,742)कारोबार भएको छ। जसले गर्दा शेयर लगानीकर्ता मा उत्साह छाएको छ ।


नेपाल स्टक का अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १ वटा उपसमूहको शेयर घटेको छ। एउटा मात्र उपसमूह घटेर बुधबार शेयर बजारमा हरियाली छाएको छ ।





सम्बन्धित समाचार