७ फाल्गुन २०७९, आईतवार   50 पटक हेरिएको


image

काठमाण्डौ : आज नेपाली पहिलो दिन आज सुनको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

सुनको मुल्य आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ ।फागुन ५ गते  सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

आज चाँदीको मुल्य बढेर  तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।





सम्बन्धित समाचार