२५ माघ २०७९, बुधबार   35 पटक हेरिएको


image

काठमाडौं:- मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेबाट सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ लाख २८ हजार ५०० कित्ताको २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने छ ।

सो मध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ।

कम्पनीले सर्व-साधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ताका लागि निष्काशन गर्न लागेको हो।यस कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले छिटोमा फागुन १० गते र ढीलोमा फागुन १८ गते सम्म आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट

स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 





सम्बन्धित समाचार