PalikaExpress
२३ माघ २०७९, सोमबार
32 पटक हेरिएको

काठमाडौं :- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गते वार्षिक साधारण सभा को आह्वान गरेको छ ।
लघुवित्त संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर ६१.७५% र नगद लाभांश ३.२५% (कर प्रयोजनका लागि समेत) गरी कुल जम्मा ६५% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
साथै सोहि सभामा संस्थापक समूहबाट २ जना र सर्व-साधारण समूहबाट पनि २ जना सञ्चलकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । संस्थाको बार्षिक साधारण सभा बैजनाथ–१ गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा हुने भएको छ ।
बार्षिक साधारण सभा प्रयोजन लागि फागुन ४ गते (१ दिन ) बुक क्लोज गर्ने भएको छ । त्यसकारण फागुन ३ गते सम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।