
काठमाडौं:- शुभम पावर लिमिटेडको साधारण शेयरमा आवेदन दिने आज माघ २२ गते आइतबार अन्तिम दिन रहेको छ । यस कम्पनीले माघ १८ गते देखि सर्व-साधारणका लागि शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले सर्व-साधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्व-साधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो ।
जस अनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्व-साधारण लागि छुट्याएको हो । यो मध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यस कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले सी–आस्वा सदश्य प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरएप र पोर्टल मार्फत पनि शेयर आबेदन दिन सक्नेछन् ।
यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।