२२ माघ २०७९, आईतवार   35 पटक हेरिएको


image

काठमाडौं:- बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २२ गते आज देखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि र फागुन १८ गते देखि सर्व-साधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

यस लघुवित्त कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयरको ९७ लाख रुपैयाँ निष्काशन गर्न लागेको हो।

सो मध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

सर्व-साधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस लघुवित्तको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । 

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यस लघुवित्तको शेयरमा माघ २२ गते देखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् , सर्व-साधारणले फागुन १८ गते देखि २३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

सर्व-साधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

यस लघुवित्त कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार