PalikaExpress
२० माघ २०७९, शुक्रबार
38 पटक हेरिएको

काठमाडौं:- मेन्छियाम हाईड्रोपावर लिमिटेडले सर्व-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न भएको छ ।
कम्पनीलाई शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ १९ गते साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्व-साधारणको लागि रुपैयाँ १०० अंकित दरमा १६ लाख २७ हजार ७५० कित्ताको १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको निष्काशन गर्न अनुमति प्राप्त गरेको छ ।
यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ