२० माघ २०७९, शुक्रबार   37 पटक हेरिएको


image

काठमाडौं:- ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९  गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले अवधि ५ वर्ष , वार्षिक व्याज ११.२५ प्रतिशत भएको “ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५ ” नाममा ऋणपत्र निष्कासन गर्न लागेको छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । जस मध्ये बैंकले सर्वसाधारणका लागि छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी कोषका  लागि छुट्याइएको छ भने बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि  र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३० लाख कित्ता बिक्री गर्नेछ ।

इच्छुक  लगानीकर्ताले  ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । यस ऋणपत्र बन्द छिटोमा फागुन ३ गते र ढिलोमा फागुन ११ गते सम्म आवेदन दिन सकिने जनाएको छ ।

बैंकको यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू साथै, मेरो शेयर एप र पोर्टल बाट आवेदन दिन सक्ने छन् ।





सम्बन्धित समाचार