PalikaExpress
१९ माघ २०७९, बिहीबार
38 पटक हेरिएको

काठमाडौं:- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ १८ गते बुधबार बसेको सञ्चालक समितिको ७४ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश १.०५ प्रतिशत (कर प्रयोजनको लागि गरी ) कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र लघुवित्त कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्न सक्ने छन ।