१८ माघ २०७९, बुधबार   39 पटक हेरिएको


image

काठमाडौं:- नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले डोल्टी पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो । डोल्टी पावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्व-साधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको छ ।

अनुमति प्राप्त गरे सँगै डोल्टी पावरले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ताको १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ।

यसै गरी भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १६ लाख १२ हजार १६० कित्ताको १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ जारी  गर्ने छ ।

यी दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार