PalikaExpress
१८ माघ २०७९, बुधबार
33 पटक हेरिएको

काठमाडौं:- मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्व-साधारणको लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले शेयर निष्कासनको गर्न अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । कम्पनीले रुपैयाँ १०० अंकित दरमा २८ लाख कित्ताको २८ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले माघ १६ गते शेयर निष्काशनको लागि अनुमति माग्दै आवेदन दिएको छ । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।