२६ कार्तिक २०७७, बुधबार   89 पटक हेरिएको


image

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा आज  बुधबार  हुँदैछ । उक्त सभा कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

यस सभाबाट  कम्पनीको  सञ्चालक समितिको  तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल, आर्थिक वर्ष २०७५/७६ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र यही समयको  नगद प्रवाह विवरण (cash flow statement) को बारेमा छलफल गरी पारित गरिनेछ  र यसै सभाबाट  आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

त्यसैगरी, बिशेष प्रस्ताब अंतर्गत यो सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको  हो । 





सम्बन्धित समाचार