१८ माघ २०७९, बुधबार   35 पटक हेरिएको


image

काठमाडौं:- सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको शेयरमा आबेदन दिने आज अन्तिम दिन रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले फागुन ४ गतेसम्म आबेदन दिन सकिने जनाएको छ । वैदेशिक रोजगारमा रहेकाहरुले भने माघ १८ गते आज सम्म आबेदन दिन सक्ने छन ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो ।

सो मध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् ।

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ । 

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७५० कित्ताको १०% अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको छ ।

वैदेशिक रोजगारमा रहेकाहरुले भने माघ १८ गते आज सम्म आबेदन दिन सक्ने छन ।यस कम्पनीको शेयरमा  आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरुले ताप्लेजुङ जिल्ला स्थित लक्ष्मी बैंक .सानिमा बैंक,  ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार