१८ माघ २०७९, बुधबार   36 पटक हेरिएको


image

काठमाडौं:- शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गते आज देखि सर्व-साधारणका लागि साधारण सेयर निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले खरिदका लागि आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सो मध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

यस पावर कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम ५ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् । यस कम्पनीको शेयरमा लगानीकर्ताले छिटोमा माघ २२ गते र ढीलोमा फागुन ३ गते सम्म आवेदन दिन सक्ने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 





सम्बन्धित समाचार