१६ माघ २०७९, सोमबार   42 पटक हेरिएको


image

काठमाडौं : लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय ,काठमाण्डौमा आयोजित एक कार्यक्रम बिच एलआइसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास र नेपाल एसबीआई मर्चेन्ट बैंकिङको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारीले नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एलआइसी नेपालले १:०.८८४५१६८ को अनुपात मा (८८.४५१६८%) हकप्रद सेयर जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँको दरले कुल २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी हुने गर्ने छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछी मात्र हकप्रद शेयर निष्कासन गर्ने छ ।





सम्बन्धित समाचार