१६ माघ २०७९, सोमबार   34 पटक हेरिएको


image

काठमाडौं:- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले  सर्व-साधारण तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ  ।

लघुवित्त कम्पनीले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ताको २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो।

सो मध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको  छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि इच्छुक सर्व-साधारणले आवेदन दिन सक्ने छन्। यस लघुवित्त कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।  

यस कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गते देखि फागुन १ गतेसम्म र सर्व-साधारण लगानीकर्ताले फागुन ११ गते देखि १५ गते सम्म आवेदन दिन सक्ने जनाएको छ । 

सर्व-साधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यस लघुवित्त कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार