
काठमाडौं:- हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात (१:२) को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ।
यसैगरी कम्पनीका लागि आवश्यक नपर्ने चल–अचल सम्पत्ति जग्गा जमानी बिक्री गर्ने अख्तियार सञ्चालक समितिमा रहने गरी प्रबन्धपत्रको दफा ५ (च) ९मा संशोधन गर्ने र स्वीकृतिका लागि तीन महले समितिको प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ।

कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब ५० करोड पुर्याउने र जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने गरी प्रबन्धपत्रमा संशोधन गर्ने र स्वीकृतिका लागि तीन महलेसहितको प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ।
साथै,सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भए पश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।