१५ माघ २०७९, आईतवार   39 पटक हेरिएको


image

काठमाडौं:- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको माघ १३ गते बसेको सञ्चालक समितिको ५५ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर ६१.७५ प्रतिशत र नगद लाभांश  ३.२५ प्रतिशत (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको आगामी बार्षिक  साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्ने छन । 





सम्बन्धित समाचार