१३ माघ २०७९, शुक्रबार   40 पटक हेरिएको


image

काठमाडौं:- सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते देखि सर्व-साधारणका लागि साधारण शेयर  निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ लाख कित्ताको  ५ करोड रुपैयाँ बराबरको मध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्व-साधारणका लागि निष्काशन गर्न लागेको हो।

यस कम्पनीको साधारण शेयर (आईपीओ )मा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् । 

इच्छुक लगानीकर्ताले छिटोमा माघ २६ गते र  ढीलोमा फागुन ८ गते सम्म आवेदन दिन सक्ने जनाएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 





सम्बन्धित समाचार