१३ माघ २०७९, शुक्रबार   41 पटक हेरिएको


image

काठमाडौं :- माया खोला हाइड्रोपावर लिमिटेडले माघ १३ गते आज देखि सर्व-साधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले रुपैयाँ १०० अंकित दरमा ३४ लाख कित्ताको ३४ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले यस मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । 

जसमध्ये ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।यस कम्पनीको शेयरमा माघ १३ गते देखि छिटोमा माघ १७ गते र ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा  प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार