
काठमाडौं:- सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते देखि सर्व-साधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण शेयरमा आबेदन दिने आज माघ १२ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ लाख कित्ताको २१ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि छुट्याएको थियो।
सो मध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
इच्छुक लगानीकर्ताले यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै, मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सक्ने छन । यस कम्पनी साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।