२६ कार्तिक २०७७, बुधबार   1031 पटक हेरिएको


image

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने परिवर्तन गरेको छ ।

भोली २०७७ कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको आइपिओ (IPO) साधारण शेयर  मङ्सिर ३ गतेबाट मात्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

 धितोपत्र बोर्डको पत्रबाट प्राप्त निर्देशन अनुसार कम्पनीले आइपिओ निष्काशन मिति परिवर्तन गरेको एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

यस कम्पनिको आईपिओ मा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको  साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्ने भएको छ  ।





सम्बन्धित समाचार