PalikaExpress
१२ माघ २०७९, बिहीबार
40 पटक हेरिएको

काठमाडौं:- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
यस लघुवित्त संस्थाको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको ७३ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर २० प्रतिशत र नगद लाभांश १.०५२६ प्रतिशत (कर प्रयोजनको लागि गरी) कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र लघुवित्त कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्ने छन ।