PalikaExpress
११ माघ २०७९, बुधबार
37 पटक हेरिएको

काठमाडौं:- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश संसोधन गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र नगद लाभांश ०.३५% (कर प्रयोजनका लागि समेत ) वितरण गर्ने घोषणा गरेको थियो ।

तर नियामक नेपाल बीमा प्राधिकरणले उक्त लाभांशलाई संशोधन गरी बोनश सेयर ६.९९ प्रतिशत र नगद लाभांश ०.३६७९ प्रतिशत (कर प्रयोजनका लागि) लाभांश वितरणका लागि स्विकृति प्रदान गरेको हो ।