१० माघ २०७९, मंगलवार   14 पटक हेरिएको


image

काठमाडौं:- कोष प्रवर्द्क सनराइज बैंक र योजना ब्यबस्थापक सनराइज क्यापिटल लिमिटेडले माघ १० आज देखि ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्ष सम्म रहनेछ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो ।

जसमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्धक सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत इकाई योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडका लागि छुट्याइएको छ । 

त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

यो म्युचुअल फण्ड  बन्दमुखी योजना रहेको छ । यो म्युचुअल फण्डमा लगानीकर्ताले छिटोमा माघ १३ गते र ढिलोमा माघ २४ गते सम्म आवेदन दिन सक्ने छन् ।

यस धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार