२६ कार्तिक २०७७, बुधबार   44 पटक हेरिएको


image

काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदका लागि विज्ञापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि ३ सय पदका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

स्वास्थ्य सेवातर्फका धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ ।
यो पनि पढ्नुहोस
श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मंत्रालय अंतर्गत यस मेलौली नगरपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागी आबस्यक प्राबिधिक सहायक पद करारमा कर्मचारी आबश्यक भएकोले इच्छुकले आफ्नो योग्यता , क्षमता र दक्षता अनुसार रित पुर्याई निबेदन दिनु दीई तुरुन्त सम्पर्क गर्नु होला / सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको हुनुपर्ने छ भने प्राविधिक सहयाकमा कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको,पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण् गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको हुनपर्ने कार्यालय ले जनाएको छ ।
लेख रचनाको लागि [email protected] मा मेल गर्न सक्नु हुनेछ।





सम्बन्धित समाचार