PalikaExpress
९ माघ २०७९, सोमबार
14 पटक हेरिएको

काठमाडौं:- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ ६ गते अपरान्ह ३:१५ बसेको सञ्चालक समितिको २२१ औ बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर १९ प्रतिशत र गद लाभांश १ प्रतिशत (कर प्रयोजनको लागि समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र लघुवित्त संस्थाको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्ने छन ।