९ माघ २०७९, सोमबार   14 पटक हेरिएको


image

काठमाडौं:- नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

संस्थाको माघ ९ गते सोमबार बिहान ९:०० बसेको सञ्चालक समितिको १४१ औ बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर ३८.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । 

साथै यस संस्थाले मिति २०७८.०३.३० गते साविकको  महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको कारण लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।  

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार