७ माघ २०७९, शनिबार   16 पटक हेरिएको


image

काठमाडौं : कालिन्चोक दर्शन कम्पनीको साधारण शेयरमा १८.५२ गुणा भन्दा बढी आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन माघ ६ गते सम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जनाले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले माघ ३ गते देखि माघ ६ गते सम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 

बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार