२६ कार्तिक २०७७, बुधबार   159 पटक हेरिएको


image

मेष 

आजको दिन अनेक प्रकारका उन्नती तथा प्रगति हुनसक्छ। कुनै पनि धार्मिक कार्य तथा सभासमारोहमा सहभागी भईएला,मनमा शान्ति प्राप्त हुनाले शुभ कार्य गरिएला।

वृष 

आफ्नो उन्नतिको लागि घर परिवारबाट राम्रो सहयोग प्राप्त हुने खालको समय रहेको देखिन्छ । तपाईले गरिराख्नु भएको कामलाई निरन्तरता दिदा वेस हुने छ ।नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

 मिथुन 

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

 कर्कट 

आज धर्म,कर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

 सिंह 

 नयाँ आर्थिक कारोबार   तय हुनेछ । आज परिवारका सदस्यहरूबाट राम्रो सल्लाहले तपाईंलाई लाभ हुनेछ। नयाँ साझेदारी आज कष्टपूर्ण हुनेछ। परिवारमा नयाँ सदस्यको आगमनले गर्दा घर परिवारमा रमाइलो हुनेछ, तर मध्यान्ह पछि भने कुनैपनी स्थानको व्यर्थपुर्ण यात्रा होला, होशियारि अपनाउनु होला।

 कन्या 

आफन्तसँग भेटघाट हुने समय रहेको छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।

 तुला 

तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, तर दिउँसोबाट भने स्वासप्रस्वास सम्बन्धि समस्या आउनसक्छ।

 वृश्चिक 

 तपाईको लागि यो महिना त्यति फलदायक रहेको देखिन्न । आजको दिनमा तपाईलाई त्येस्तो लाभ मिल्ने देखिन्न । आजको समय भेटघाट तथा मनोरंजनमा बित्ने देखिन्छ ।

 धनु 

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

 मकर 

आँटेको काममा सफलता नमिल्न सक्छ । धार्मिक कार्यमा मन चैं लाग्नेछ । आजको दिन कुनै पनि व्यक्तिले फसाउन सक्ला, दुर्जन व्यक्तिहरुको संगतले गर्दा मान, प्रतिष्ठामा आँच आउनसक्छ, काम शक्ति कमजोर हुनाले लज्जित हुनुपर्ला।

 कुम्भ 

 प्रेममा निराशा हुन सक्छ । तपाईंको सञ्चार कौशल प्रभावशाली हुनेछ। तपाईंले आफ्ना परिवारका सदस्यहरुसँग कठिन समयको सामना गर्नुपर्ने हुन सक्छ, ।  भुमिगत सम्पत्ति प्राप्ति तथा चिठ्ठाबाट लाभ होला, वैदेशिक यात्राहरुको पनि अवसर आउनसक्छ, पशु तथा चौपायाको भय रहला, सावधानी अपनाउनु होला। ।

 मीन 

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार