PalikaExpress
५ माघ २०७९, बिहीबार
15 पटक हेरिएको

काठमाडौं:- ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ ४ गते बुधबार बसेको सञ्चालक समितिको १६५ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर १२ प्रतिशत र नगद लाभांश ८ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयर लगानीकर्ताले परापर गर्ने छन ।