
काठमाडौं:- अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री गर्ने भएको छ ।
कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठक आ.ब.२०७९/०८० बैठक संख्या ०८ को निर्णयानुसार हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोड उनन्पचास लाख पन्ध्र हजार पाँच सय छयालीस रुपैयामा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी रु.४,१३,३२,८४,२११.६९ (अक्षरुपी चार अर्ब तेह्र करोड बत्तीस लाख चौरासी हजार दुई सय एघार रुपैयाँ उन्नासतरी पैसा मात्र ) को १:.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र कम्पनीको आगामी १९ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भए पश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिने भएको छ ।