२५ कार्तिक २०७७, मंगलवार   548 पटक हेरिएको


image

तिहार बिदामा बैंकहरुले कार्यालय सञ्चालन नगर्ने भएका छन्। कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म बैंक  बन्द हुने जनाएको हो।

कोरोनाको कारण दशैंको जस्तै तिहारमा पनी बैंकहरु बन्द रहने भएको छ। दशैं को समयमा कोरोना संक्रमित कम थिए भने अहिले बैंकका कर्मचारीहरुमा समेत थप देखिएकोले बन्द गर्नु परेको जनाएको छ र पछिल्ला दिनमा यस्तो संख्या झन् बढ्दै गएको भन्दै बैंकहरुले यस समयमा नियमित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेका हुन्। 

बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा भने सुचारु हुने नेपाल बैंकर्स संघले जनाएको छ। साथै एटिएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिने छ। कोरोनाको  संक्रमणबाट बँच्न तथा जोखिम न्युनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न बैंकहरुले ग्राहकहरुलाई अनुरोध गर्दै आएका छन् । डिजिटल बैंकिङ अन्तर्गत एटिएम, connect ips, esewa, khalti,i-pay आदि रहेको छ । 






सम्बन्धित समाचार