
आजभोली सबैलाई मोटोपनाले दुःख दिएको छ । यो मोटोपना मानिसमा बिभिन्न कारणबाट आएको हुन्छ । खान पान ले गर्दा , उचित ब्यायामको अभाबले , तथा कुनै रोग आदिले गर्दा अस्वभाबिक रूप मा मानिस मोटो हुदै गएको हुन्छ । अहिलेको समयमा मोटो मानिसको संख्या दिन प्रतिदिन बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । ब्यायाममा बिशेष ध्यान दिन जरुरी रहेको हुन्छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।
निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छस्
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।
२. गहुँको रोटि मात्र खानु भन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।
३ दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।
४.मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।
५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।
६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।
७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
८. पानीको उचित रूपमा समय मिलाएर पिउदा पनि तपाईको बाहिर निस्किएको पेट घटने छ ।
९. हरेक बिहान बिहान एक गिलास मन तातो पानीमा आधा कागती को रसमा मिलाएर पिउने ,र यो बिचमा एक घन्टा पछि मात्र अरु खानेकुरा खादा पनि फाईदा पुग्छ ।