२५ कार्तिक २०७७, मंगलवार   180 पटक हेरिएको


image

मेष 

आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।

वृष 

आजको दिन गर्न खोजेको काम ठिक बिपरित होला, कुनै पनि समय शत्रुहरु सक्रिय रहलान, तर पनि हजुरको धैर्यता र साहसले धेरै नोक्सानी हुन दिनेछैन।

 मिथुन 

श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।

 कर्कट 

महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ।

 सिंह 

रचनात्मक सोखले तपाईंलाई तनाउमुक्त राख्नेछ। तपाईंको वैवाहिक जीवनको यो सबैभन्दा राम्रो दिन हुने छ। तपाईंले प्रेमको साँचो अनुभव गर्नु हुनेछ।

 कन्या 

खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

 तुला 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

 वृश्चिक 

तपाईंको लागि आजको दिन मध्यम रहेको छ , कुनै नयाँ कार्यको सुरुवात भए पनि खुट्टा तान्नेहरुको पनि कमि हुनेछैन, शत्रु तथा ऋणमा वृद्धि होलान्, साबधान रहनुहोला।

 धनु 

धर्म कर्म मा रूचि जाने छ । तपाईंले प्रत्येक कदममा महत्वपूर्ण परिवर्तनहरू गर्नुभयो भने  सफलता निश्चित तपाईंको हो।एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।

 मकर 

आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

 कुम्भ 

पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। आज तपाईंको कलात्मक र रचनात्मक क्षमताको धेरै प्रशंसा हुनेछ र अनपेक्षित पुरस्कार प्राप्त हुनेछ।

मीन 

 मेहनतले स्थितिलाई  सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुहरु  स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार